काठमाडौं । देशभरका पेट्रोलियमा विक्री केन्द्रले आजबाट नयाँ मूल्य अनुसार पेट्रोल र डिजेल विक्रि गरिरहेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटासँगै उनीहरुले नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको विक्री वितरण गरिरहेका हुन्।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि निगमले मूल्य समायोजन गरेको हो ।
गत रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ ।
एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो १६० रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।