पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए
काठमाडौं – नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज मंगलबार दुई दशमलव १७ अंकले घटेर १८ सय ९४ दशमलव ५३ अंकमा झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव ८६ अंकले घटेर तीन सय ६१ दशमलव ८५ अंकमा झरेको छ । दुई सय ९० वटा कम्पनीहरुको ४७ हजार तीन सय ३३ पटकको कारोबारमा ४७ लाख २७ हजार नौं सय दुई कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब २८ करोड दुई लाख २८ हजार नौं सय ७१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएका छन् भने आठ वटा समुहले गुमाएका छन् । सो मध्ये फाईनान्स समुहको सुचक पाँच दशमलव ५८ अंकले बढेर १६ सय ८० दशमलव ७५ अंकमा पुगेको छ भने जलविद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । वाणिज्य बैंक समुहको सुचक भने छ दशमलव १८ अंकले घटेर ११ सय ६९ दशमलव ५७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि सात दशमलव २४ अंकले घटेर १० हजार चार सय ६८ दशमलव २७ अंकमा पुगेको छ । विकास बैंक, निर्जीवन बीमा, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।