शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सलिकोमा सीईओे क्षेत्रीको धन्दा

प्राधिकरणका अध्यक्ष सिलवालसँग सेटिङ, कम्पनीको गोप्य सूचना चुहाएर लाभ

आइतबार, मंसिर १० २०८०

काठमाडौं– कुनैपनि कम्पनी वा संस्थाको सफलताको लागि संस्थागत सुशासन सबै भन्दा पहिलो शर्त हो । कम्पनीहरुले यो अनिवार्य शर्त पुरा गर्न सकेन भने, त्यो कम्पनीको आयु लामो हुन सक्दैंन, त्यो कम्पनी आर्थिक तथा वित्तीयरुपमा टाट पल्टन्छ, संकटग्रस्त हुन सक्छ । अहिले यही बाटोमा सगरमाथा लुम्निी इन्स्योरेन्स कम्पनी (सलिको) पुगेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीको बदनियत र स्वार्थलिप्त कार्यका कारण मर्जर भएर थप बलियो हुनुपर्ने यो कम्पनी दिन प्रतिदिन धरासायी बन्दै गएको छ ।

कम्पनीका प्रमुख कार्यकारी क्षेत्रीले अर्थलाभ नलिकन कुनै पनि कम्पनीको दावी भुक्तानीको फाईल अघि नर्साने, बीमाका नयाँ नयाँ स्किमहरु नल्याउने, व्यवस्थापन खर्चमा पनि आफ्नो व्यक्तिगत तथा पारिवारिक खर्च समेतलाई संस्थाको व्यवस्थापन खर्चमा जोडेर संस्थालाई अतिरिक्त आर्थिक भार बोकाउने कार्यले पनि संस्था निरन्तर धरासायी बन्दै गएको कम्पनीमा कार्यरत कर्मचारीहरु बताउँछन ।

अर्कोतर्फ प्रमुख कार्यकारी क्षेत्रीले कम्पनीमा जम्मा भएको रकम कुनै पनि बैंक तथा वित्तीय संस्थामा संस्थागत निक्षेपकोरुपमा राख्दा र नविकरण गर्दा समेत राखिएको रकमको आधारमा कमिशन लिने गरेका छन् । आफुलाई राम्रो कमिशन र व्याज आउँछ भन्दै क्षेत्रीले वित्तीय अवस्था निकै नै कमजोर रहेका बैंक तथा वित्तीय संस्थामा समेत रकम राख्ने गरेका छन् । यसबाट प्रमुख कार्यकारी क्षेत्रीलाई ठुलो धनलाभ प्राप्त हुने गरेको भएपनि कम्पनीलाई भने दिर्घकालमा निकै नै ठुलो जोखिम रहेको कम्पनीमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

अर्कोतर्फ प्रमुख कार्यकारी क्षेत्रमा कर्मचारीहरुलाई पनि जिम्वेवारी र पारिश्रमिकमा ठुलो बिभेद गर्दै अएका छन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालसंगको घनिष्ठ सम्वन्धको हवाला दिंदै आफुलाई कसैले पनि कारवाही गर्न नसक्ने भन्दै उनले कर्मचारीहरुलाई पनि धाक धम्की दिंदै आएका छन् । यतिमात्र नभएर आफुसंग फरक मत राख्ने बीमा कम्पनीहरुको बारेमा प्राधिकरण अध्यक्ष सिलवालसंगको सेटिङमा गोप्य सूचनाहरु चुहाएर बार्गेनिङ गर्दै बिरालोले दुधको तर मारे झैं प्रमुख कार्यकारी क्षेत्रीले अर्थलाभको तर मार्ने गरेका छन् भने त्यसको केही हिस्सा प्राधिकरणका अध्यक्ष सिलवालको भागमा पनि पर्ने गरेको छ ।

सलिकोमा प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका क्षेत्री बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघका पनि अध्यक्ष हुन । यि दुबै निकायमा जिम्बेवार तहमा बसेका क्षेत्रीको काम भने बीमा क्षेत्रको बिकास र बिस्तारको लागि भन्दा पनि आफ्नै व्यक्तिगत लाभ हानीको धन्दा चलाउनको लागि केन्द्रित हुने गरेको देखिएको छ । क्षेत्री निकट श्रोतका अनुसार उनले बीमा प्राधिकरणका उच्च नेतृत्वसंगको सम्र्पक र सेटिङमा गोप्य सूचनाहरु चुहाएर आर्थिक लाभ लिने गरेका छन् । यसको लागि उनलाई सलिको कै केही कर्मचारीहरु र अन्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले समेत साथ र सहयोग दिने गरेको आरोप क्षेत्रीमाथि रहेको छ । श्रोतका अनुसार क्षेत्रीले कोरोना बीमा योजना लागु हुँदा पनि त्यहाँबाट धेरै नैं आर्थिक लाभ बटुलेका छन् । त्यहाँबाट उनको आर्थिक हैसियत निकै नैं उच्चरुपमा बढेको क्षेत्री निकट श्रोतको दावी छ । अर्कोतर्फ क्षेत्रलाई बीमाको दावी भुक्तानी गर्ने कार्यको लागि भ्यालुऐटरसंगको मिलेमतोमा आफुलाई आर्थिक लाभ हुने पक्वा भएपछि मात्र दावी भुक्तानीको फाईल अगाडि बढाउने गरेको बुझिएको छ ।

सलिको तत्कालीन सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर बनेको कम्पनी हो । मर्ज हुनुअघि क्षेत्र सगरमाथामा प्रमुख कार्यकारी अधिकृत रहेका थिए भने मर्जर पछि सम्वन्धीत कम्पनी एवं प्राधिकरणको उच्च नेतृत्व समेतलाई प्रभावमा पारेर सलिकोमा उनले प्रमुख कार्यकारी पाउन सफल भएका थिए । मर्जर पछि बनेको सलिकोको अहिले चुक्ता पुँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैंयाँ रहेको छ । कम्पनीले आर्थिक बर्ष २०७९/०८० मा चार अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क अर्थात प्रिमियम उठाएको छ भने तीन अर्ब नौं करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । हालसम्म तीन लाख ११ हजार तीन सय ५८ वटा बीमालेख अर्थात बीमा पोलिसी बिक्री गरेको छ । देशभर एक सय २० वटा भन्दा बढी शाखा मार्फत बीमा सम्वन्धी कारोबार सञ्चालन गर्दे आएको यो कम्पनीमा झण्डै सात सयको हाराहारीमा कर्मचारीहरु रहेका छन् ।

क्षेत्रीले मर्जर पश्चात लुम्बिनीबाट आएका कर्मचारीहरुलाई हत्तोत्साही गर्ने गरेका छन् । उनीहरुलाई बिभिन्न माध्यमद्धारा हतोत्तसाही बनाएर राजीनामा दिन बाध्य बनाउने गरेका छन् । अर्कोतर्फ बीमाको दावी भुक्तानी र प्रिमियम संकलनमा पनि क्षेत्रीले आर्थिक पारदर्शिता कायम गर्न नसकेको दावी समेत श्रोतले गरेको छ ।