काठमाडौं। आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३३.०८ रुपैयाँ रहँदा बिक्री दर १३३.६८ रुपैयाँ रहेको छ।
यसअघि गत कात्तिक २५ गते १ डलरको बिक्री दर उच्च विन्दुमा पुगेको थियो। त्यस दिन एक डलरको बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको थियो। त्यस्तै मंगलबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४५.६२ रुपैयाँ पुगेको छ। बिक्री दर १४६.२७ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४५.३६ रुपैयाँ र बिक्री दर १४६.०१ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.७७ रुपैयाँ र बिक्री दर १६७.५२ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६५.८७ रुपैयाँ र बिक्री दर १६६.६२ रुपैयाँ थियो।
स्रोत: नेपाल राष्ट्र बैंक