काठमाडौं- नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बिहिबार ११ दशमलव ८५ अंकले घटेर १८ सय ५२ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ३६ अंकले घटेर तीन सय ५७ दशमलव शुन्य चार अंकमा पुगेको छ । दुई सय ८२ वटा कम्पनीहरुको २७ हजार आठ सय ४५ पटकको कारोबारमा २८ लाख ८३ हजार सात सय ३१ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम ८३ करोड ६० लाख पाँच हजार छ सय ५६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहको सुचक घटेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ५५ अंकले घटेर ११ सय ७२ दशमलव ९१ अंंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ५४ अंकले घटेर १९ सय ३६ दशमलव १३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि एक सय एक दशमलव ७७ अंकले घटेर नौं हजार सात सय दशमलव १८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३९ दशमलव ६२ अंकले घटेर नौं हजार पाँच सय २९ दशमलव ३० अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रो पावर कम्पनी परेको छ भने बढी बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्टेन इर्नर्जी नेपाल लिमिटेड परेको छ ।