शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग

बुधबार, कार्तिक २२ २०८०

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कात्र्तिक १७ गते शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने बताएको छ ।