सुचक तथा कारोबार रकम दुबै बढे
काठमाडौं- नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने २१ दशमलव ३० अंकले बढेर १८ सय ४७ दशमलव ५४ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ३३ अंकले बढेर तीन सय ५५ दशमलव ७३ अंकमा चढेको छ । दुई सय ८३ वटा कम्पनीहरुको ४७ हजार दुई सय ३१ पटकको कारोबारमा ३५ लाख ५५ हजार छ सय ७० कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम ९३ करोड ८९ लाख २९ हजार ४० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ३९ अंकले बढेर ११ सय ७० दशमलव शुन्य छ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २५ दशमलव ७९ अंकले बढेर १९ सय ३२ दशमलव ९० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ६१ अंकले बढेर नौं हजार छ सय ३८ दशमलव ४८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २१ दशमलव ५५ अंकले बढेर नौं हजार छ सय नौं दशमलव शुन्य दुई अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य, र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड परेको छ ।