काठमाडौं । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा कपिलवस्तुकी पूर्वसांसद उमा विश्वकर्मा नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।
उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालकोटस्थित निवासमा पार्टीमा प्रवेश गराएका हुन् ।
एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले उनको आगमनबाट कपिलवस्तु निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।