काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
गत राति १२ बजेपछि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटाइएको आयल निगमले जनाएको छ । निगमले डिजेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको जनाएको छ । पेट्रोलको मूल्य भने यथावत छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको हो । निगमले खाना पकाउने ग्यासको मूल्य भारतबाट बढेर आए पनि यथावत राखिएको जनाएको छ ।