बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा उछाल

४३ अंकले बढ्दा ९३ करोडको कारोबार

बुधबार, कार्तिक १ २०८०

काठमाडौं- नेप्सेमा उछाल आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पुन ४३ दशमलव २७ अंकले बढेर १९ सय सात दशमलव ८९ अंकमा पुगेको छ भने सेन्सिटिभ आठ दशमलव १४ अंकले बढेर तीन सय ६६ दशमलव ९७ अंकमा चढेको छ । दुई सय ८६ वटा कम्पनीहरुको ३१ हजार सात सय ८८ पटकको कारोबारमा ३७ लाख ७२ हजार २३ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुुचक बढेर नेप्स पुरै हरियो देखिएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक २९ दशमलव २६ अंकले बढेर १२ सय १६ दशमलव ४१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव ९७ अंकले बढेर दुई हजार १९ दशमलव ५२ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय २१ दशमलव ६१ अंकले बढेर १० हजार १३ दशमलव ९७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुुचक पनि दुई सय ७४ दशमलव ८४ अंकले बढेर नौं हजार आठ सय ३६ दशमलव २६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आशा लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।