शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा २० अंकको पहिरो, सबै सुचक रातै

बिहिबार, असोज २५ २०८०

काठमाडौं- नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बिहिबार २० दशमलव १६ अंकले घटेर १८ सय ७४ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ९५ अंकले घटेर तीन सय ५९ दशमलव १३ अंकमा पुगेको छ । दुई सय ९२ वटा कम्पनीहरुको ६२ हजार ४६ पटकको कारोबारमा ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ९७ अंकले घटेर ११ सय ८३ दशमलव २८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि ३२ दशमलव २९ अंकले घटेर १९ सय ९४ दशमलव ४० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव ३६ अंकले घटेर नौं हजार नौं सय ११ दशमलव ९७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४९ दशमलव ७६ अंकले घटेर नौं हजार सात सय दुई दशमलव ८६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भगवती हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने लक्ष्मी सनराईज बैंकको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।