काठमाडौं । प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नयाँ सरकार गठनबारे पार्टीको रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएका छन्। राप्रपा पदाधिकारी बैठक शुक्रबार बिहान ८ बजे बस्नेछ ।
पदाधिकारी बैठकले कोशी सरकार गठनमा पार्टीको रणनीतिबारे निर्णय लिने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। अहिले गठबन्धन र एमाले दुवैतिर छलफलमै रहेको उनले बताए।
कोशीमा नयाँ सरकार गठनका लागि राप्रपा निर्णायक शक्ति बनेको छ । गठबन्धनसँग एकमत अपुग रहेको अवस्थामा राप्रपाको समर्थन अनिवार्य हुन्छ । तर, राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन ।
केही दिनअघि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई सुम्पिएको थियो ।
लिङ्देनले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर छलफल गरेका थिए। उक्त छलफलमा प्रचण्डले सत्ता गठबन्धनलाई सघाउन आग्रह गरे तापनि लिङ्देनले ठोस जवाफ दिएका छैनन्।