कमाउने भन्दा गुमाउने समुह धेरै
काठमाडौं – नेप्से दोहोरो अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से १२ दशमलव ५८ अंकले घटेर १९ सय आठ दशमलव ६६ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ८३ अंकले घटेर तीन सय ६४ दशमलव ७४ अंकमा पुगेको छ । दुई सय ८७ वटा कम्पनीहरुको ४८ हजार चार सय ४४ पटकको कारोबारमा ४३ लाख २७ हजार एक सय ७९ कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ रुपैंयाँ कायम भएको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुँदा उत्पादनमुलक र ट्रेडिङ समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ९९ अंकले घटेर १२ सय दशमलव ८६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव शुन्य तीन अंकले घटेर दुई हजार ५२ दशमलव ३६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय दुई दशमलव ५९ अंकले घटेर १० हजार एक सय १८ दशमलव ७१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव ५१ अंकले घटेर १० हजार २८ दशमलव २० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बाराही हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक लिमिटेड परेको छ ।