शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कम्पनीको नाउँमा धन्दा चलाउँदै सलिकोका प्रमुख कार्यकारी क्षेत्री

प्राधिकरणका उच्च अधिकारीसंगको सेटिङमा गोप्य सुचना चुहाएर आर्थिक लाभ लिने गरेको आरोप

सोमबार, असोज २२ २०८०

काठमाडौं- चंकी क्षेत्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) का प्रमुख कार्यकारी अधिकृत हुन । यसका अतिरिक्त क्षेत्री बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघका पनि अध्यक्ष हुन । यि दुबै निकायमा जिम्बेवार तहमा बसेका क्षेत्रीको काम भने बीमा क्षेत्रको बिकास र बिस्तारको लागि भन्दा पनि आफ्नै व्यक्तिगत लाभ हानीको धन्दा चलाउनको लागि केन्द्रित हुने गरेको देखिएको छ ।

क्षेत्री निकट श्रोतका अनुसार उनले बीमा प्राधिकरणका उच्च नेतृत्वसंगको सम्र्पक र सेटिङमा गोप्य सुचनाहरु चुहाएर आर्थिक लाभ लिने गरेका छन् । यसको लागि उनलाई सलिको कै केही कर्मचारीहरु र अन्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले समेत साथ र सहयोग दिने गरेको आरोप क्षेत्रीमाथि रहेको छ । श्रोतका अनुसार क्षेत्रीले कोरोना बीमा योजना लागु हुँदा पनि त्यहाँबाट धेरै नैं आर्थिक लाभ बटुलेका छन् । त्यहाँबाट उनको आर्थिक हैसियत निकै नैं उच्चरुपमा बढेको क्षेत्री निकट श्रोतको दावी छ । अर्कोतर्फ क्षेत्रलाई बीमाको दावी भुक्तानी गर्ने कार्यको लागि भ्यालुऐटरसंगको मिलेमतोमा आफुलाई आर्थिक लाभ हुने पक्वा भएपछि मात्र दावी भुक्तानीको फाईल अगाडि बढाउने गरेको बुझिएको छ ।

सलिको तत्कालीन सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर बनेको कम्पनी हो । मर्ज हुनुअघि क्षेत्र सगरमाथामा प्रमुख कार्यकारी अधिकृत रहेका थिए भने मर्जर पछि सम्वन्धीत कम्पनी एवं प्राधिकरणको उच्च नेतृत्व समेतलाई प्रभावमा पारेर सलिकोमा उनले प्रमुख कार्यकारी पाउन सफल भएका थिए । मर्जर पछि बनेको सलिकोको अहिले चुक्ता पुँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैंयाँ रहेको छ । कम्पनीले आर्थिक बर्ष २०७९/०८० मा चार अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क अर्थात प्रिमियम उठाएको छ भने तीन अर्ब नौं करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । हालसम्म तीन लाख ११ हजार तीन सय ५८ वटा बीमालेख अर्थात बीमा पोलिसी बिक्री गरेको छ । देशभर एक सय २० वटा भन्दा बढी शाखा मार्फत बीमा सम्वन्धी कारोबार सञ्चालन गर्दे आएको यो कम्पनीमा झण्डै सात सयको हाराहारीमा कर्मचारीहरु रहेका छन् ।

श्रोतका अनुसार प्रमुख कार्र्यकारी क्षेत्रीले मर्जर पश्चात लुम्बिनीबाट आएका कर्मचारीहरुलाई हत्तोत्साही गर्ने गरेका छन् । उनीहरुलाई बिभिन्न माध्यमद्धारा हतोत्तसाही बनाएर राजीनामा दिन बाध्य बनाउने गरेका छन् । अर्कोतर्फ बीमाको दावी भुक्तानी र प्रिमियम संकलनमा पनि क्षेत्रीले आर्थिक पारदर्शिता कायम गर्न नसकेको क्षेत्री निकट श्रोतले बताएको छ ।

[आजको अमृत बजार बाट]