एकै दिन ३५ अंकले घट्दा एक अर्ब ८० करोडको सेयर किनबेच
काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमालाई बढाएर व्यक्तिगत तर्फ १५ करोड र संस्थागत तर्फ २० करोड रुपैंयाँ पुर्याएको भएपनि यसको प्रभाव सेयर बजार पर्न सकेन । सो अनुसार उक्त परिपत्र पछिको पहिलो दिन अर्थात आज आईतबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ३५ दशमलव ६७ अंकले घटेर १९ सय २१ दशमलव २४ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ७९ अंकले घटेर तीन सय ६७ दशमलव ५७ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ८९ वटा कम्पनीहरुको ५९ हजार एक सय ७१ पटकको कारोबारमा ५८ लाख १५ हजार एक सय ८९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ रुपैंयाँ पुगेको छ । आज नेप्सेमा १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव २९ अंकले घटेर १२ सय नौं दशमलव ८५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५७ दशमलव ७५ अंकले घटेर दुई हजार ५९ दशमलव ३९ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि दुई सय ३८ दशमलव ५७ अंकले घटेर १० हजार दुई सय २१ दशमलव ३० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव ७३ अंकले घटेर १० हजार एक सय नौं दशमलव ७२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बाराही हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुुचीमा पहिलो स्थानमा हिमालयन लघुवित्त वित्तीय संंस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।