शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज एमाले सुदूरपश्चिम अधिवेशनको उद्घाटन अध्यक्ष ओली गर्ने, नेतृत्वमा तीन जना आकांक्षी

आइतबार, असोज २१ २०८०

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन हुँदैछ ।

धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ ।

पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरूको सहभागिता रहने प्रदेश कमिटीले जनाएको छ ।

सो अधिवेसनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।  उनीहरूबीच अहिले सम्म सहमति जुट्न सकेको छैन । सहमतिको प्रयास पनि जारी रहेको बताइएको छ ।

प्रदेश अधिवेशनमा ६७५ जना प्रतिनिधिले सहभागिता जनाउने छन् । जसमा बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरि १ सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरि १ सय १७ जना प्रतिनिधि रहेका छन् ।

यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरि ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरि ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरि ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरि ५४ जना प्रतिनिधि रहेकाे जनाइएकाे छ ।