काठमाडौं- नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार ११ दशमलव शुन्य चार अंकले घटेर १९ सय ५६ दशमलव ९२ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ५३ अंकले घटेर तीन सय ७३ दशमलव ३७ अंकमा पुगेको छ । दुई सय ८० वटा कम्पनीहरुको ५० हजार ६९ पटकको कारोबारमा ३५ लाख ६२ हजार छ सय २४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब १० करोड ६५ लाख १९ हजार चार सय १८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जस मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव शुन्य दुई अंकले घटेर १२ सय २७ दशमलव १५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १८ दशमलव शुन्य चार अंकले घटेर २१ सय १७ दशमलव १४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६२ दशमलव शुन्य सात अंकले घटेर १० हजार चार सय ५९ दशमलव ८८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव २८ अंकले घटेर १० हजार तीन सय एक दशमलव ४५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बाराही हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।