बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माथिल्लो मैलुङ खोलाको आईपीओ खुल्याे, २२ गतेसम्म आवेदन दिन सकिने

बिहिबार, असोज १८ २०८०

काठमाडौं। माथिल्लो मैलुङ खोलाको बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।

यसैगरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आईपीओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आईपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९ २०२२ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ ।

कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४।३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न २०६९ साल ९ महिना २० गते पाएको थियो भने अनुमति २०७८ फागुन ९ गते अद्यावधिक भएको थियो । उक्त अनुमति २१०७ फागुन २६ गतेसम्म रहन्छ ।

आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ ९निर्माण अवधिको ब्याजसहित० रहेको छ । त्यस्तै, प्रतिमेगावाट अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७६ वर्ष छ भने आयोजनाको डिस्काउण्ट लगानी फिर्ता हुने अवधि १२।२९ वर्ष छ । एनपीभी ३० करोड ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । अपेक्षित प्रतिफलदर १७।१५ प्रतिशत रहेको छ ।

२०८० साल साउन १५ गतेसम्म यस आयोजनाको ९९५ काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । जसमा सिभिल निर्माण कार्य ९९।७६प्रतिशत, हाइड्रो मेकालिकल कार्य ९५।०९५, इलेक्ट्रोमेकानिकल कार्य ९६।५९प्रतिशत, १३२ केभि प्रसारण लाइन कार्य ९५।४५प्रतिशत र आधारभूत संरचनाहरुको १००प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ ।

माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई विद्युत गृहसँगै रहेको स्विचवार्डबाट करिव ११ कि।मि लामो १३२ कि।भी क्षमताको सिङ्गल सर्किट विद्युत प्रसारण लाईन मार्फत नुवाकोट जिल्लाको किस्पाङ गाँउपालिका वडा नं ५ पहिरेबेशीमा अवस्थित नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन त्रिशुली थ्री बी हब सवस्टेसनमा जोडिनेछ ।  नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्री बी हब सवस्टेशनसम्म पुर्याउनका लागि आयोजनाको स्वीचयार्ड देखि १३२ के।भि। सिङ्गल सर्किट प्रसारण लाइन करिब ११ किलो मिटर लामो विद्युत प्रसारण लाइन आयोजना निर्माण भइरहेको छ ।

 

हालसम्म उक्त विद्युत प्रसारण लाइन आयोजनाको २८ वटा टावरमध्ये २७ वटा टावरको जग निर्माण भई हाल सम्ममा २६ वटा टावर ठड्याउने कम सकिएको छ । उक्त आयोजना अन्तर्गतका बाँकी कामहरु नियमित रुपमा सञ्चालन भइरहेको कम्पनीको भनाइ छ । माथिल्लो मैलुङ खोलाको अधिकृत पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् १ अर्ब रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २५ प्रतिशत र आयोजनामा कार्यरत कर्मचारीको हिस्सा ५ प्रतिशत रहनेछ ।

 

कम्पनीले आर्थिक वर्ष २०८२र८३ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म ४९ लाख १६ हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । त्यस्तै, २०८१—८२ मा ८ करोड २२ लाख ८३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । साथै, २०८२र८३ मा १० करोड ४ लाख ३२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण रहेको छ ।

यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ४९ पैसा र प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ८८ पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८२–८३ सम्ममा प्रतिसेयर आम्दानी १० रुपैयाँ ०४ पैसा हुने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ २० पैसा हुने प्रक्षेपण छ ।