काठमाडौं- नेप्से घटेर रातै भएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ३३ दशमलव २० अंकले घटेर १९ सय ७१ दशमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ५५ अंकले घटेर तीन सय ७७ दशमलव ३९ अंकमा पुगेको छ । दुई सय ८४ वटा कम्पनीहरुको ८२ हजार आठ सय पटकको कारोबारमा ६७ लाख २३ हजार चार सय कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ५१ अंकले घटेर १२ सय ३९ दशमलव ६३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७२ दशमनलव ७८ अंकले घटेर २१ सय १७ दशमलव २१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ११ दशमलव ९१ अंकले घटेर १० हजार पाँच सय ४६ दशमलव ४१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६७ दशमलव शुन्य तीन अंकले घटेर १० हजार तीन सय ४५ दशमलव २० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज फष्र्ट म्युचुअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।