शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने

आइतबार, असोज १४ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ।

चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रति आपत्ति जनाउँदै रास्वपाले विरोध स्वरुप आज प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेले फेसबुक स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् । उनले लेखेका छन्– ‘हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।’

चीनबाट फर्किएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै बिहान ११ बजेका लागि सात दलका नेताहरुको बैठक बोलाएका थिए ।