शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से राताम्मै

१८ अंकले घट्दा एक अर्ब ८१ करोडको कारोबार

बुधबार, असोज १० २०८०

काठमाडौं- नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज बुधबार १८ दशमलव ६० अंकले घटेर दुई हजार चार दशमलव ३० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दशमलव २९ अंकले घटेर तीन सय ८२ दशमलव ९४ अंकमा पुगेको छ । दुई सय ८२ वटा कम्पनीहरुको ५८ हजार तीन सय ६७ पटकको कारोबारमा ७० लाख ६१ हजार चार सय चार कित्ता सेयर किनबेच भएकोमा कारोबार रकम एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक सात दशमलव ६७ अंकले घटेर १२ सय ५२ दशमलव ७८ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ५८ अंकले घटेर २१ सय ९० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८८ दशमलव ९१ अंकले घटेर १० हजार सात सय ५८ दशमलव ३२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि एक सय दशमलव ६८ अंकले घटेर १० हजार पाँच सय १२ दशमलव २३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मेन्छियाम हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लक्ष्मी भ्यालु फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।