शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झण्डै छ अंकले घट्यो नेप्से

कमाउने भन्दा गुमाउने समुह धेरै

सोमबार, असोज ८ २०८०

काठमाडौं- नेप्से घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज सोमबार पाँच दशमलव ८९ अंकले घटेर दुई हजार चार दशमलव ४५ अंंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ९४ अंकले घटेर तीन सय ८३ दशमलव ६७ अंकमा पुगेको छ । दुई सय ८४ वटा कम्पनीहरुको ७८ हजार चार सय २१ पटकको कारोबारमा ६५ लाख १६ हजार छ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा दुई वटा समुहले कमाएपनि बाँकी समुहहरुले भने गुमाएका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक १९ दशमलव ८४ अंकले बढेको छ भने सामुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने चार दशमलव ५४ अंकले घटेर १२ सय ५८ दशमलव ३४ अंकमा अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव २६ अंकले घटेर १० हजार सात सय १२ दशमलव ४५ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ४० अंकले घटेर १० हजार पाँच सय ५३ दशमलव ७१ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माईखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुभम पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।