काठमाडौं- नेप्से घटेर रातै देखिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १९ दशमलव ४२ अंकले घटेर दुई हजार १० दशमलव ३५ अंकमा झरेको छ भने सेन्सिटिभ तीन दशमलव १० अंकले घटेर तीन सय ८५ दशमलव ६२ अंकमा पुगेको छ । दुई सय ८५ वटा कम्पनीहरुको ८१ हजार १० पटक सेयर कारोबार भएको छ । जसबाट ९० लाख तीन हजार नौं सय ४१ कित्ता सेयर किनबेच भएको छ भने आज कारोबार रकम दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा लघुवित्त समुहको सुचक बढे पनि बाँकी १२ वटा समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७६ अंकले घटेर १२ सय ६२ दशमलव ८८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव ४४ अंकले घटेर २१ सय ३७ दशमलव शुन्य तीन अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ६० दशमलव २९ अंकले घटेर १० हजार सात सय ९१ दशमलव ७२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५६ दशमलव ६३ अंकले घटेर १० हजार छ सय नौं दशमलव १२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वरोजगार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुभम पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा माछापुच्छ्रे बैंक परेको छ ।