शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अमेरिकामा रहेका प्रधानमन्त्री आज सिधै चीन जाने

शुक्रबार, असोज ५ २०८०

काठमाडौं । अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन्।

चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज चीनको हाङझाव जान लागेका हुन् ।

स्थानीय समयअनुसार प्रधानमन्त्री आज राति साढे १ बजेको फ्लाइटबाट हाङझाव प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका हुन् ।

हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ।

भोलिदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम तय भएको छ।

१९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट त्यहीँ पुग्ने भएपछि शनिबार उनीहरूबीच भेट हुने भएको हो ।