शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लुम्बिनी प्रदेश सचिव गुरुङले गरे एकीकृत समाजवादी परित्याग गरेको घोषणा

शुक्रबार, भाद्र २९ २०८०

रुपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी। आहा क्या टाउको हलुङ्गो।’

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा आवद्ध थिए।

उनी मंसिर ४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।

उनी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रतिस्पर्धामा गएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।