शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

के छ ललिता निवास प्रकरणका आरोपीलाई धरौटीमा छाड्न अदालतले दिएको आदेशमा ?(पूर्णपाठसहित)

सोमबार, भाद्र २५ २०८०

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा मुछिएका १८ जनानै आरोपीतलाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले उक्त प्रकरणमा पक्राउ परेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको हिरासतमा रहेका १८ जनामध्ये केशव तुलाधरलाई साधरण तारेख र अन्य १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग रु तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग रु १५ लाख रहेको छ ।

त्यस्तै, घमनकुमार कार्कीसँग रु सात लाख ५० हजार, गोपाल कार्कीसँग रु सात लाख ५० हजार, विनोद पौडेलसँग रु १५ लाख, योगराज पौडेलसँग रु सात लाख ५० हजार, नारायणराज मिश्रसँग रू सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग रु सात लाख ५० हजार धरौटी माग गरेको हो ।

साथै, ध्रुवप्रसाद अर्यालसँग रु तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग रु एक लाख १० हजार, देवनारायण महर्जनसँग रु एक लाख १० हजार, सकलानन्द महर्जनसँग रु एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग रू एक लाख १० हजार र लोकरी घिमिरेसँग रु एक लाख ५० हजार रहेको छ ।

पूर्णपाठ