काठमाडौं । मानुषी यमी भट्टराईका दम्पतिले बालकोट पुगेर नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा)को सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुख समेत रहेकी नेतृ मानुषी र उनकी पति जेकेन्द्र श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै मानुषीले अध्यक्ष ओलीसँग समसामयिक विषयहरूमा कुराकानी भएको जनाएकी छन् ।
‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् !’ फेसबुकमा लेख्दै उनले ओलीलाई मेन्सन गर्दै दुई वटा तस्वीरसमेत सेयर गरेकी छन् ।