शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से राताम्मै : २८ अंकले घट्दा एक अर्ब १५ करोडको कारोबार

बिहिबार, भाद्र २१ २०८०

काठमाडौं- नेप्से घटेर राताम्मै भएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से २८ दशमलव २९ अंकले घटेर १९ सय ३२ दशमलव ४५ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ६५ अंकले घटेर तीन सय ७१ दशमलव ५८ अंकमा पुगेको छ । दुई सय ७६ वटा कम्पनीहरुको ३२ हजार एक सय ३९ पटकको कारोबारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब १५ करोड नौं लाख २० हजार छ सय सात रुपैंयाँ ६० पैसा कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ४९ अंकले घटेर १२ सय ३७ दशमलव २७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५० दशमलव ३९ अंकले घटेर १९ सय ४३ दशमलव शुन्य चार अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ५० दशमलव ५२ अंकले घटेर १० हजार पाँच सय १८ दशमलव ३७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव ६९ अंंकले घटेर १० हजार दुई सय ३८ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुभम पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बाराही हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने लिवर्टी इर्नर्जी कम्पनी लिमिटेड परेको छ ।