बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‍प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहिबार, भाद्र २१ २०८०

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ।

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ।

आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।

साथै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीमा राखिएको संसद सचिवालयले जनाएको छ।