शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

मंगलबार, भाद्र १९ २०८०

काठमाडौं ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले काफ्लेलाई प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।

काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् ।

राजीनामा पछि सामाजिक संजालमा उनले लेखेका छन्, ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतस् केन्द्रिय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’

काफ्ले प्रदेशसभामा दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित प्रदेश सभा सांसद हुन् ।

काफ्लेले प्रमुख सचेतकको भूमिकामा हुँदा सहयोग गर्ने बाग्मती प्रदेशका पार्टीका सांसदलाई धन्यवादसमेत दिएका छन् ।