शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा सात अंकले बृद्धि : फाईनान्स बाहेक सबै सुचक हरियो

सोमबार, भाद्र १८ २०८०

काठमाडौं- अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार भने बढेको छ । नेप्से आज सात दशमलव शुन्य चार अंकले बढेर १९ सय ६७ दशमलव ८३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य नौं अंकले बढेर तीन सय ७७ दशमलव ७१ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ३२ हजार पाँच सय ३३ पटकको कारोबारमा ३४ लाख ३२ हजार दुई सय ६७ कित्ता सेयर किनबेच भएको छ भने कुल कारोबार रकम एक अर्ब नौं करोड ९१ लाख ३९ हजार छ सय ९७ रुपैंयाँ पुुगेको छ । १३ वटा समुहहरुको सेयर कारोबार हुुँदा फाईनान्स समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् ।

कारोबार भएका मध्ये आज बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ९८ अंकले बढेर १२ सय ५३ दशमलव ६९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ३९ अंकले बढेर दुई हजार छ सय छ दशमलव ४८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ९२ अंकले बढेर २० हजार सात सय ३७ दशमलव १८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३२ दशमलव ७८ अंकले बढेर १० हजार चार सय ३८ दशमलव ८७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लिर्वर्टी इर्नर्जी कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।