शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिंहदरबार जलाइदिने बालेनको धम्की !

आइतबार, भाद्र १७ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले विवादास्पद अभिव्यक्ति दिएका छन्।

शनिबार फेसबुकमा असामान्य पोस्ट गर्दै मेयर बालेनले विवादास्पद स्ट्याटस मार्फत सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिए।

सरकारी गाडीमा मेयरले परिवारका सदस्य (पत्नी) चढाएको र प्रहरीले रोकेपछि आक्रोशमा आएर यो स्टाटस लेखेको खुलेको छ।

शनिबार महानगरको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केहीबेर रोकेको थियो।

ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।

ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए।

त्यसैको झोंक उनले सामाजिक सञ्जालमा पोखेका छन् ।

गाडी यसरी रोकिएको आक्रोशमा मेयर बालेनको अराजक स्ट्याटस आएको हो। फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’