बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अग्नि ग्रुपद्धारा नेपाल इभी ईन्टरनेशनल शोमा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक

शनिबार, भाद्र १६ २०८०

काठमाडौं – नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको नेपाल इभी ईन्टरनेशनल शो मा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा “ट्रीयो झोर डि भी” नेपाली बजारमा ल्याएको छ । ट्रीयो झोर डि भी एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै सोहि समयमा नयाँ इलेक्ट्रिक थ्री–व्हीलर ट्रीयो झोर डेलिभरी भ्यानको उद्घाटन गरेका हुन । महिन्द्रा ट्रीयो झोर डि भीले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धताका साथ नेपाली बजारमा उपलब्ध छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ, ट्रीयो झोरर डेलिभरी भ्यान गेम चेन्जर हुन तयार भएर आएको छ ।