काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आज बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९-२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको नेता अनिल शर्माले बताए ।
उनका अनुसार नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ ।
असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने बताए ।
लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुंगिने बताए । त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए ।