शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने

बिहिबार, भाद्र १४ २०८०

काठमाडौं । त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन लुकाएर  ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन म्याद थप भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतले महरालालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो।

नेकपा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार दिउँसो पक्राउ गरेको थियो। उनीविरूद्ध संगठित अपराधमा मुद्दा चल्ने भएको छ।