शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भेपमा सुन तस्करी प्रकरण: राहुल महरा पक्राउ

बुधबार, भाद्र १३ २०८०

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले पुष्टि गरेका छन् । राहुलाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरिएको उनले बताए ।

भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन् । महरा बाबुछोराको सुन तस्करीसँग कनेक्शन देखिएपनि पक्राउ नगर्दा चौतर्फी आलोचना हुँदै आएको छ ।