विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा भएको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमसीसी कार्यान्वयनमा जाने स्पष्ट पार्दै १२ बुँदे ब्याख्यात्मक घोषणा भने झुटको खेस्रो भएको बताए ।
‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरुले जनतालाई दिएको धोका हो । संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन,’ ओलीले भने ।
सिरहामा आजदेखि आयोजना हुने पार्टीको सचिवालय बैठकमा सहभागी हुन विराटनगर पुगेका अध्यक्ष ओलीले तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिएको बताउँदै झुट बोलेर र प्रभावमा पारेर पास गराउने गलत बाटो लिएको बताए ।