शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

शेयर बजार:

पाँच अंकले घट्यो नेप्से

चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

मंगलबार, भाद्र १२ २०८०

काठमाडौं – अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज मंगलबार भने सामान्य अंकले घटेको छ । नेप्से आज पाँच दशमलव शुन्य पाँच अंकले घटेर एक हजार नौं सय ९३ दशमलव ४२ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ७१ अंकले घटेर तीन सय ८२ दशमलव ८५ अंकमा पुगेको छ । दुई सय ७८ वटा कम्पनीहरुको २९ हजार छ सय ४० पटकको कारोबारमा ४० लाख छ हजार सात सय ३९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम ८६ करोड ५१ लाख २० हजार चार सय ५२ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा चार वटा समुहले कमाएपनि बाँकी नौं वटा समुहहरुले भने गुमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १९ अंकले घटेर १२ सय ६३ दशमलव ६४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ४१ अंकले घटेर दुई हजार ४३ दशमलव १५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५० दशमलव शुन्य एक अंकले घटेर १० हजार नौं सय नौं दशमलव ५९ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । निर्जीवन बीमा समुहको सुचक भने पाँच दशमलव ६१ अंकले बढेर १० हजार छ सय २२ दशमलव ४३ अंकमा पुगेकोमा लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखरी स्मल हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ ।