बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यहीँ भदौ २६ गतेबाट नाडा अटो शो २०२३

सोमबार, भाद्र ११ २०८०

काठमाडौं – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले भदौ २६ गतेदेखि ’नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको भएको छ । भदौ ३१ गतेसम्म सञ्चालन हुने उक्त अटो शो सवारी साधन, पार्ट पूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनीको १५ औं संस्करण भएको नाडाको भनाई छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन् । हाल विद्यमान बजार सुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले, केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पारेको छ ।

हालको अवस्थामा नाडा अटो शोले बजारलाई चलायमान बनाउन मद्दत पुग्ने बिश्वास नाडाले गरेको छ । यो सँगै नेपाली महान चाड–पर्वहरूको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ ।

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्दै गइरहेको सन्दर्भमा, प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकले बताएको छ । प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू रहने छन्। उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, नौं वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ । आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सुसूचित गराउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहनेछ । छ दिनसम्म चल्ने उक्त नाडा अटो शोमा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास नाडाले लिएको छ ।