शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से पाँच अंकले बढ्दा एक अर्ब भन्दा कमको सेयर किनबेच

सोमबार, भाद्र ११ २०८०

काठमाडौं – नेप्से बढेपनि कारोबार रकम भने आज घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पाँच दशमलव शुन्य नौं अंकले बढेर एक हजार नौं सय ९८ दशमलव ४८ पुगेको छ भने सेन्सिटिभ एक दशमलव ४५ अंकले बढेर तीन सय ८३ दशमलव ५६ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ७९ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ९९ पटकको कारोबारमा ३६ लाख ७० हजार सात सय ३१ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा मध्ये नौं वटा समुहहरुको सुचक बढेको छ भने चार वटाको घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ६१ अंकले बढेर १२ सय ६५ दशमलव ८४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ३१ अंकले बढेर १० हजार नौं सय ५९ दशमलव ६० अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १४ दशमलव १४ अंकले बढेर १० हजार छ सय १६ दशमलव ८२ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुचक भने आज एक दशमलव ८८ अंकले घटेर दुई हजार ५४ दशमलव ५६ अंकमा पुगेको छ भने उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखरी स्मल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने लक्ष्मी सनराईज बैंक परेको छ ।