शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी गरेको अभियोगमा तीन जना पक्राउ

सोमबार, भाद्र ११ २०८०

धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका–७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।