काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देशका लागि राम्रो काम गर्दै गर्दा कसैले गोली हाने पनि आपत्ति नरहेको बताएका छन् ।
बिहीबार पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सरकारमा रहँदा कानुनको पाना पल्टाएर मात्रै निर्णय गरेको बताए ।
अहिलेको सरकारले एमालेलाई विभिन्न काण्डमा हुँदै नभएको कुरा ल्याएर जोड्ने दुस्प्रयास गरेको बताए । सरकारकै योजनामा अब कसैकसैले केपी ओलीलाई हत्कडी लगाइयो भनेर छाप्न सक्ने उनले बताए ।
‘मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गरेको छु । निर्णय गरेको छु । त्यसका कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन । माकुराको जालोमा भैसी पर्दैन भन्ने यीनिहरुले बुझ्नुपर्छ ।’ उनले भने ।