शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बिहिबार, भाद्र ७ २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ बार्षिक प्रतिबेदन २०७७/७८ तथा सो प्रतिवेदन २०७८/७९ पेश गर्नेछन् ।

करिब एक महिनापछि नागरिकका समस्या र जनजीविकाका मुद्दा संसद्मा उठेका छन् । दलहरुबीच सुन तस्करी प्रकरणका विषयमा जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै हिजो प्रतिनिधिसभाको विशेष समय नागरिकका मुद्दाले प्रवेश पाएका थिए।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नका लागि संसदका मुख्य दलहरुबीच सहमति भएपछि संसद खुलेको हो ।