शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा हरियाली, सुचक तथा कारोबार रकम दुबै बढे

बुधबार, भाद्र ६ २०८०

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज बुधबार पुन २९ दशमलव ४७ अंकले बढेर दुई हजार ४५ दशमलव ४५ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव ३० अंकले बढेर तीन सय ९० दशमलव २८ अंकमा पुगेको छ । दुई सय ७३ वटा कम्पनीहरुको ४४ हजार तीन सय ४० पटकको कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौं सय ८४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक बढ्दा नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये आज बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ५४ अंकले बढेर १२ सय ८० दशमलव ८९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ५७ दशमलव २८ अंकले बढेर २१ सय ४७ दशमलव नौं अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ७६ दशमलव २९ अंकले बढेर ११ हजार दुई सय ८२ दशमलव ३१ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ३२ दशमलव २२ अंकले बढेर १० हजार नौं सय ७५ दशमलव २८ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखरी स्मल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने घोराही सिमेन्ट इण्डष्ट्रीज लिमिटेड पहिलो स्थानमा परेको छ ।