शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मिड सोलु हाईड्रोपावरको बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड

बुधबार, भाद्र ६ २०८०

काठमाडौं – मिड सोलु हाईड्रोपावर लिमिटेडको बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड भएको छ । एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाईड्रोपावर लिमिटेडको जारी पूँजीको १० प्रतिशत अर्थात सात करोड ४८ लाख ४० हजार रुपैंयाँ बराबरको एक सय रुपैंयाँ अंकित दरका सात लाख ४८ हजार चार सय कित्ता सेयर बाँफाँड भएको हो ।

कम्पनीले यही साउन १४ गते देखि साउन २८ गतेसम्म उक्त सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । उक्त साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरि सोको बाँडफाँड गरेको कम्पनीको भनाई छ ।

निष्काशनको समयमा सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट जम्मा ३१ हजार पाँच सय २२ जना आवेदकहरुबाट जम्मा सात लाख चार हजार दुई सय कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट एक हजार आठ सय ६ ७जना आवेदकहरुबाट ५८ हजार छ सय ४० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् बाँकी रहेका जम्मा २९ हजार छ सय ५५ जना आवेदकहरुबाट छ लाख ४५ हजार पाँच सय ६० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको भएको थियो ।

प्राप्त आवेदनहरु रुजु गर्दा सात जना आवेदकबाट दुई सय ६० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक आवेदन प्राप्त जम्मा २९ हजार छ सय ४ १जना आवेदकहरुबाट छ लाख ४५ हजार तीन सय कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि तीन हजार कित्ता सम्म शेयर खरिद आवेदन गर्ने सात हजार चार सय ८४ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा ७४ हजार आठ सय ४० कित्ता शेयर निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।