शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा आयोजना गर्ने

सोमबार, भाद्र ४ २०८०

काठमाडौं । चार दल मिलेर बनेको समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै एकीकृत समाजवादीका नेता प्रमेश हमालले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने बताए ।

उनले बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भएको पनि बताए । प्रदेश घोषणा सभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि बताए । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ ।

बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्ने छलफल भएको छ ।

मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।