काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बसिरहेको छ ।
आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियो ।
सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा आज केहीबेर अघि सुरु भएको छ ।
बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित छ । बैठकमा सोही बिषय पनि छलफल हुने बताईएको छ ।
साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।
सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । सो मोर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्मिलित छन् ।