शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद्‌को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखले थाले छुट्टाछुट्टै छलफल

राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री

आइतबार, भाद्र ३ २०८०

काठमाडौं । संसद अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दैछन् ।
र्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार साढे १२ बजे प्रधानमन्त्री कार्यालयमा छलफलका लागि शीर्ष नेताहरुलाई बोलाइएको छ।

प्रधानमन्त्रीले सदन लामो समयदेखि नचल्दा महत्वपूर्ण कानुन निर्माणका साथै जनताको आवाज रोकिएकाले छलफलको लागि शीर्ष नेताहरुलाई बोलाएको आचार्यले बताए।

प्रतिनिधि सभाको बैठक आइतबार १ बजेका लागि तोकिएको छ। उक्त बैठकअघि शीर्ष नेताहरुका बीचमा छलफल हुन लागेको हो।

यता संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले पनि दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक छन् ।

यसअघि पनि सभामुखले संसदको अवरोध हटाउन पटक पटक छलफल गरेका थिए ।