शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको अफर : अध्यक्ष लिङ्देन

शनिबार, भाद्र २ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् -‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त ।’

राप्रपासँग विश्वासको मत लागि सत्ता गठबन्धन जोडबल गरिरहेको अवस्थामा अध्यक्ष लिङ्देनले यस्तो खुलासा गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । यहाँ सत्तापक्षसँग विश्वासको मत पाउनका लागि ट्वाक्कै मात्र सांसदको संख्या छ ।