शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

२० अंकले घट्यो नेप्से, सबै सुचक रातै

बुधबार, साउन ३१ २०८०

काठमाडौं – नेप्से राताम्मै देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से २० दशमलव ३१ अंकले घटेर दुई हजार २५ दशमलव १२ अंकमा झरेको छ भने सेन्सिटिभ पाँच दशमलव ५४ अंकले घटेर तीन सय ८६ दशमलव ३० अंकमा झरेको छ । दुई सय ६९ वटा कम्पनीहरुको ४५ हजार एक सय ६७ पटकको कारोबारमा ४८ लाख ३८ हजार एक सय छ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ६७ करोड ९९ लाख ८० हजार छ सय २३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ४१ अंकले घटेर १२ सय ७० दशमलव ९२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४० दशमलव १० अंकले घटेर २१ सय २६ दशमलव ८० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९६ दशमलव १४ अंकले घटेर ११ हजार ९० दशमलव ५० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ९७ दशमलव ४१ अंकले घटेर १० हजार सात सय ८३ दशमलव ५० अंकमा झरेको ८३ दशमलव ५० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष्, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज फोकस इक्विटी फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्टेन हाईड्रो नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।